सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरेर थुनामुक्त भए टोपबहादुर

२०८३ कार्तिक २६, ०९:४३ खबर संवाददाता

धनगढीः पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी थुनामुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाएको थियो।

त्यस्तै, एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ठहर गरिएको थियो। तर, ६५ वर्षीय रायमाझी उमेरका आधारमा सजायमा छुट पाएपछि थुनामुक्त भएका हुन्।

कमेन्ट लोड गर्नुस