सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

२०८३ असार २८, ०४:३५ खबर संवाददाता

धनगढी: अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनी हाल आइसियूबाट जनरल वार्डमा स्वास्थ्यलाभ गरिरहेकी छन्।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। ‘छ माया छपक्कै २’ को छायांकनकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो।

वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको हो।
 

कमेन्ट लोड गर्नुस