सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रभातफेरीसहित २१३औँ भानु जयन्ती मनाइयो

२०८३ असार २९, १०:४० लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको धनगढीमा आइतबार प्रभातफेरीसहित २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइएको छ।

कैलाली जनपुस्तकालय र सुदूरपश्चिमाञ्चल साहित्य समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बिहान धनगढी–१ स्थित एलएन चोकबाट प्रभातफेरी सुरु गरिएको थियो। नेपाल प्रहरीको ब्याण्ड बाजासहित निकालिएको प्रभातफेरीमा साहित्यकार, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहितको सहभागिता रहेको थियो।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशी र कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको संयुक्त नेतृत्वमा सम्पन्न प्रभातफेरीमा विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सचिव महेन्द्रराज पन्तलगायतको उपस्थिति रहेको थियो। 

एलएन चोकबाट सुरु भएको प्रभातफेरी धनगढीस्थित कैलाली जनपुस्तकालय पुगेर आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको थियो। त्यसपछि ¥याली चकमेली बजारस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा पुगेर त्यहाँ रहेको भानुभक्त आचार्यको सालिकमा पनि माल्यार्पण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। माल्यार्पणसँगै प्रभातफेरी कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

यस वर्ष धनगढीमा भानु जयन्ती तीन दिनसम्म विविध साहित्यिक कार्यक्रमका साथ मनाइएको छ। सो अवसरमा कविता वाचन, रचना प्रस्तुति, साहित्यिक अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

आइतबार कैलाली जनपुस्तकालयमा दिनभर कविता तथा रचना प्रतियोगितासहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ। नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको स्मृतिमा प्रत्येक वर्ष देशभर भानु जयन्ती मनाउने परम्परा रहँदै आएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस