धनगढी–९ को भवानी माध्यमिक विद्यालयमा वृक्षारोपण
धनगढीः धनगढी उपमहानगरपालिकाद्वारा वडा नं. ९ स्थित भवानी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।
सोमवार विद्यालय परिसरमा ५८ बिरुवा रोपिएको हो।
हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालय परिसरलाई हराभरा र आकर्षक बनाउने लक्ष्य राखिएको छ। साथै, यस अभियानले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाले वातावरणीय सन्तुलन कायम राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।