सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालकै शक्तिशाली १६० सीसी बाइक दाबी गरिएको टिभिएस अपाचे  आरटिआर १६० सेती–महाकालीमा सार्वजनिक

२०८३ साउन १, ०२:०९ खबर संवाददाता

धनगढीः नेपालका लागि टिभिएस मोटर कम्पनी टिभिएसएम को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेती–महाकाली क्षेत्रमा नयाँ टिभिएस अपाचे  आरटिआर १६०  सार्वजनिक गरेको छ।

धनगढीस्थित होटल पौवामा आयोजित विशेष कार्यक्रममा स्थानीय डिलर, सञ्चारकर्मी, अटोमोबाइल समीक्षक तथा बाइक पारखीहरूको उपस्थितिमा सार्वजनिक गरिएको यो मोटरसाइकललाई १६० सीसी सेग्मेन्टमा नेपालकै सबैभन्दा शक्तिशाली बाइक भएको कम्पनीले दाबी गरेको छ।

नयाँ टिभिएस अपाचे  आरटिआर १६०मा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम ग्क्म् ९अपसाइड डाउन० फ्रन्ट सस्पेन्सन र ५ इन्चको टिएफटि डिजिटल क्लस्टर जस्ता आधुनिक फिचरहरू समावेश गरिएका छन्। कम्पनीका अनुसार यी सुविधाले राइडरको सुरक्षा, नियन्त्रण र रातिको दृश्यात्मकता थप प्रभावकारी बनाउँछन्।

१५९.७ सीसी क्षमताको इन्जिन रहेको यो बाइकले स्पोर्ट मोडमा ९,२५० आरपीएममा १७.५५ पीएस तथा अर्बन र रेन मोडमा ८,६५० आरपीएममा १५.६४ पीएस शक्ति उत्पादन गर्छ। यसमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड, डुअल–च्यानल एभिएस, ५-स्पिड गियरबक्स र १२ लिटर क्षमताको इन्धन ट्याङ्की उपलब्ध छन्।

कार्यक्रममा जगदम्बा मोटर्सका प्रिमियम सेल्स हेड बिपिन बोगटीले १५ वर्षभन्दा बढी समयदेखि टिभिएस अपाचेले नेपालसहित ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी राइडरको विश्वास जित्दै आएको उल्लेख गर्दै नयाँ टिभिएस अपाचे  आरटिआरले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सेती–महाकाली क्षेत्रका आधिकारिक डिलरमार्फत बिक्री सुरु भइसकेको यस बाइकको एक्स–शोरूम मूल्य रु ४,२९,९०० तोकिएको छ।

कमेन्ट लोड गर्नुस