सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा हरेली संक्रान्ति

२०८३ साउन १, ०२:१२ खबर संवाददाता

बैतडी– साउने संक्रान्तिलाई सुदूरपश्चिममा हरेली संक्रान्तिका रुपमा मनाउने गरिएको छ ।  

साउन १ गते खेतबारीमा पञ्च विरुवाका हांगा र सेतो(डासी) ढुगां गाड्ने चलन छ । 

मेल, कुर्जो, पुत्लाठिं, खिरा र सेतो ढुगांलाई खेतमा लगाइएका प्रत्येक बालीहरुमा हाल्दा उब्जनी फसल हुने विस्वास रहि आएको छ । त्यसैलाई हरलो हाल्ने भनिन्छ । 

हरली संक्रान्तिका दिन बिहानै नुहाइधुवाई गर्ने पाठ पुजा गर्ने र कुलदेवताको मन्दिरमा बत्ती बाल्ने चलन रहेको छ । 

बर्खे बालीलाई नोक्सान नहोस भनेर हरेलो हाल्ने चलन रही आएको स्थानीय बताउंछन् । 
 

कमेन्ट लोड गर्नुस