सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

२०८३ साउन २, ०६:५५ खबर संवाददाता

काठमाडौं– पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो साढे २ बजेतिर उक्त ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो ।
 

कमेन्ट लोड गर्नुस