सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–कैलालीमा २ लाख ११ हजार बढीका भन्सार छलीका सामान बरामद

२०८३ साउन ३, १०:११ खबर संवाददाता

धनगढीः कञ्चनपुर र कैलालीका विभिन्न नाकाबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख ११ हजार २४० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार भीमदत्त नगरपालिका–११ भुजेला र दोधाराचाँदनी नगरपालिका–६ आमबगैचा सडक क्षेत्रबाट १ लाख ७३ हजार ४४० रुपैयाँ बराबरका पेय पदार्थ, साबुन, स्याम्पु, इलेक्ट्रिक स्कुटर लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै, इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१९ बहुलियाघाटबाट ३७ हजार ८०० रुपैयाँ बराबरका विभिन्न किसिमका भाँडाकुँडा लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस