सुदूरपश्चिम विश्वविद्यालयले परीक्षा सकिएको १ महिनामै नतिजा निकाल्यो
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले परीक्षा सकिएको ३० दिनभित्रै नतिजा निकालेको छ। विश्वविद्यालयले गत जेठ १८ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको स्नातक तह इन्जिनियरिङ्ग संकाय आठौं सेमेस्टरको परीक्षाफल प्रकाशित गरेको हो। विश्वविद्यालयले शनिबार परीक्षाफल प्रकाशित गरेको हो।
विश्वविद्यालयले सिभिल तथा कम्प्युटर इन्जिनियरिङ्ग शैक्षिक कार्यक्रमको नियमित तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।