सुदूर नेपाललाई विश्वसँग जोड्दै

हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका २ जना पक्राउ

२०८३ साउन ४, ०८:३६ खबर संवाददाता

बैतडीः हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय तोकिएका दशरथचन्द नगरपालिका–९ बस्ने ४१ वर्षीय तारा दत्त जोशी र ४२ वर्षीय मोहन राज जोशी पक्राउ परेका हुन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले आईतबार दिउँसो निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस