सुदूर नेपाललाई विश्वसँग जोड्दै

गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

२०८३ साउन ४, ०१:०१ रासस

काठमाडौँः उच्च अदालत पाटनले गत आर्थिक वर्ष ९२०८२÷०८३० मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ। 

अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो। 

न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन्।
      
मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गरे। 

कमेन्ट लोड गर्नुस