हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका एक जना पक्राउ
२०८३ साउन ६, १०:२३
बैतडीः हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा फरार बैतडीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत बैतडीको फैसलाले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको दोगडाकेदार गाउँपालिका–८ बस्ने ५३ वर्षीय अमरबहादुर बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मंगलबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस