कञ्चनपुरबाट ९५ हजारको अबैध सामान बरामद
२०८३ साउन ६, १०:३०
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले ९५ हजार ९ सयको अबैध सामान बरामद गरेको छ।
जिल्लाको विभिन्न स्थानहरु भीमदत्त नगरपालिका–४ बसपार्क, शुक्लाफाँटा नगरपालिका–१ बन्साह जंगल र सोही नगरपालिका–११ कलुवापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका चिनी, बिडी, सुर्ति, चक्लेट, साडी, सलाई, प्लाष्टिक झिल्ली लगायतका सामान मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस