पुर्चौडीमा अविरल वर्षाले मकैबालीमा क्षति, दर्जनभन्दा बढी परिवार प्रभावित
पुर्चौडी: साउन ५ गते राति परेको अविरल वर्षाका कारण बैतडीको पुर्चौडी नगरपालिका–३ न्वादेउस्थित बल्टजे गाउँमा मकैबालीमा ठूलो क्षति पुगेको छ।
स्थानीय अर्जुन बोहराका अनुसार वर्षाका कारण करिब १२ परिवारको खेतीबाली प्रभावित भएको छ। मकैबालीसँगै केराखेती र विभिन्न फलफूलका बिरुवामा पनि क्षति पुगेको उनले बताए।
अविरल वर्षापछि केही घरसमेत जोखिममा परेका छन्। वर्षा निरन्तर भइरहे थप क्षति हुन सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन्।