सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर घाइते भएका व्यक्तिको प्रहरीद्वारा उद्धार

२०८३ साउन ८, ०३:५५ खबर संवाददाता

दार्चुला: दार्चुलाको व्यास गाउँपालिका–३ गल्थाका एक व्यक्ति भिरबाट लडेर घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०:१५ बजे गल्था निवासी अन्दाजी ५५/५६ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरा जाने क्रममा गल्थास्थित भिरबाट करिब २०–२५ मिटर तल खस्दा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइते डडालको उद्धार गरेको थियो। उनलाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी सुनसेरामा पुर्‍याइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस