कञ्चनपुरबाट चरेशसहित एक युवक पक्राउ
२०८३ साउन १०, ०८:१९
कञ्चनपुरः कञ्चनपुरबाट चरेशसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–८ गैलनदीबाट अवैध लागूऔषध चरेश १६ ग्राम ३४० मिलिग्रामसहित भीमदत्त नगरपालिका–१८ जनज्योती चोक बस्ने २२ वर्षीय यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट
गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरीले म १ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार उलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस