कैलालीका ज्योति चौधरीले गरे पेट्रोल छर्केर आत्मदाह, काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ का एक पुरुषले आफ्नै घरभित्र आगो लगाएर आत्मदाह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ९ गते साँझ ७ः३० बजे स्थानीय ३५ वर्षीय ज्योति चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। घटना लगत्तै आफन्तहरूले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी पु¥याएका थिए। उनको शरीरको ६० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइतेसँगै उनका बुवा सुधराम चौधरी र श्रीमती बसन्ती चौधरी अस्पतालमा रहेका थिए।
प्राथमिक उपचारपछि सेती प्रादेशिक अस्पतालले साउन ९ गते राति २१ः१५ बजे थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरेको थियो। तर, घाइतेको अवस्था गम्भीर रहेकाले उनलाई भेरी अस्पताल नलगी सोझै काठमाडौँतर्फ लैजाँदै गर्दा उनको धादिङ पुगेपछि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव घरमा ल्याइएको छ भने पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।