सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

२०८३ असोज १५, ०३:१८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ (क) बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ कमल कुमार ऐडी महाधिवेशन प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

ऐडी कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपसभापति तथा नेपाल विद्यार्थी संघ धनगढीका नगर सचिव हुन्।

पूर्व स्ववियु सदस्यसमेत रहेका ऐडी लामो समयदेखि विद्यार्थी हकहित, शैक्षिक सुधार तथा युवा नेतृत्व विकासका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

कमेन्ट लोड गर्नुस