टीकापुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ
२०८३ साउन १३, १०:०४
धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १८० मिलिग्रामसहित टीकापुर नगरपालिका-३ रामपुर बस्ने २६ वर्षीय प्रशान्त चौधरी र १९ वर्षीय समिर चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त सहित पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस