सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८३ साउन १४, ०९:२३ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडीमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ गैडाखेडा बस्ने अर्जुनबहादुर बुढाको गोठमा आगलागि भएको हो। भैसीलाई मच्छर भगाउन बालेको आगोबाट उनकै गोठ र दुई तले घरमा वुधबार राति आगलागी हुँदा घर तथा गोठ भित्र रहेका नगद, गरगहना, खद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी मुल्य २० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको छ।

कमेन्ट लोड गर्नुस