धनुषामा पनि कर्फ्यु
जनकपुरधाम: सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्किएपछि धनुषाका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए।
हिन्दु सम्राट सेनाको अगुवाइमा सुरु भएको प्रदर्शन उग्र बनेपछि साढे ३ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन भइरहेको छ। प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।