सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन लाख रुपैयाँ घुससहित पाँच जना पक्राउ

२०८३ साउन १६, १२:०३ खबर संवाददाता

काठमाडौँ: भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाअनुसार नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगरसहित लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पक्राउ परेका हुन्।

जग्गाको बकसपत्र गराउने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अवस्थामा उनीहरू शुक्रबार ललितपुर ४ स्थित एक होटलबाट पक्राउ परेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

साथै स्रोत नखुलेको रु २४ हजार ८९० रुपैयाँ पनि बरामद भएको छ।

कमेन्ट लोड गर्नुस