सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा शहीद भीमदत्त पन्तको शालिक अनावरण

२०८३ साउन १७, १०:३३ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ।

आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गरेका हुन्। स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीको उपस्थितिमा शालिक सार्वजनिक गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले शहीद भीमदत्त पन्तले जनअधिकार, समानता र लोकतान्त्रिक आन्दोलनका लागि पु¥याएको योगदान नेपाली इतिहासमा सदैव स्मरणीय रहने बताए। उनले शहीदहरूको त्याग, बलिदान र आदर्शलाई सम्मान गर्दै नयाँ पुस्तासम्म इतिहास पु¥याउन यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले शहीदको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्ग र आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए। शहीद भीमदत्त पन्तको सम्मानमा निर्माण गरिएको उक्त शालिक विभिन्न व्यक्तिहरूको आर्थिक तथा सामाजिक सहयोगमा निर्माण गरिएको शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ।

शालिक निर्माणसँगै यस क्षेत्रको ऐतिहासिक महत्व थप उजागर भएको स्थानीयवासीको विश्वास छ। शहीद सांघारी सामुदायिक वन परिसरमै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणाधीन रहेकाले यो क्षेत्र शहीदहरूको स्मृति र शिक्षाको केन्द्रका रूपमा समेत परिचित बन्दै गएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस