सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीकी अर्चना ७ वर्षीय छोरासहित बेपत्ता

२०८३ साउन २०, १०:१४ खबर संवाददाता

धनगढीः कैलालीको कैलारीकी एक महिला छोरासहित बेपत्ता भएकी छिन्।

जिल्लाको कैलारीकी गाउँपालिका–६ खरेटी निवासी २७ वर्षीया अर्चना चौधरी आफ्नो ७ वर्षीय छोरा साबि कुमालसहित बेपत्ता भएकी हुन्। उनका श्रीमान् सदीप कुमालका अनुसार अर्चना असार ३० गते धनगढी उमहानगरपालिका–१८ स्थित फूलबारी एकेडेमीबाट एलकेजीमा अध्ययनरत छोरालाई लिएर घर फर्किने क्रममा सम्पर्कविहीन भएकी हुन्।

त्यसयता उनीहरू दुवैको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ। बेपत्तापछि स्थानीय प्रहरी चौकीमा हुलियासहित खोजतलासका लागि निवेदन दिइएको भए पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न नसकेको सदीपले बताए। कुमालले श्रीमतीसँग पारिवारिक सम्बन्ध सामान्य रहेको र घरायसी झैझगडा समेत नभएको उल्लेख गर्दै एक्कासी किन सम्पर्कविहीन भइन् भन्नेबारे आफू अन्योलमा रहेको बताए।

उनले अर्चना चौधरी र छोरा साबि कुमाललाई कतै देख्नुभएका वा उनीहरूको बारेमा कुनै जानकारी प्राप्त भएका व्यक्तिहरूलाई ९८६९८४८५५२ नम्बरमा सम्पर्क अथवा नजिकैको प्रहरी चौकीमा जानकारी गराइदिन आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस