वन्यजन्तु अवैध सिकार मुद्दामा फरार प्रतिवादी पक्राउ
अछामः वन्यजन्तु अवैध सिकार मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत अछामको २०८२ चैत १६ गतेको फैसलाले वन्यजन्तु अवैध सिकार मुद्दामा एक महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका बान्निगढी जयगढ गाउँपालिका–६, दर्ना निवासी भीमबहादुर साउँद पक्राउ परेका हुन्।
फैसला कार्यान्वयनका क्रममा प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले साउँदलाई शुक्रबार दिउँसो आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।
पक्राउ परेका साउँदलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।