सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८३ साउन २५, ०९:२९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको टीकापुर नगरपालिका–६ बाणीघाट पुलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५१ हजार बराबरको सुर्ति आइतबार दिउँसो इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

यसैगरी कञ्चनपुरको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २२ हजार ५२८ बराबरको कपडा र किराना लगायतका सामान आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस