सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनरमा सुविसु

२०८३ साउन २८, ०४:४२ खबर संवाददाता

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र सुविसु लिमिटेडबीच आगामी सिजनका लागि सहकार्य भएको छ । सुविसु रोयल्सको आधिकारिक इन्टरनेट पार्टनरका रूपमा जोडिएको हो ।

सहकार्यसम्बन्धी सम्झौतामा सुविसुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुविसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ ।

एनपीएलको आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्सले टोली निर्माणलाई तीव्रता दिइरहेको छ । यसअघि रोयल्सले इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।

कमेन्ट लोड गर्नुस