सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्रीले आज शपथ लिँदै

२०८३ साउन २९, १२:५८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्।

एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

एमाले संसदीय दलले प्रमुख सचेतक चक्रबहादुर मल्ललाई आर्थिक मामिला मन्त्रालय र उपनेता सन्तोष शर्मा थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै, दमन भण्डारीलाई नेकपासँगको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमध्ये एकको जिम्मेवारीका लागि सिफारिस गर्ने निर्णय भएको छ।

राज्यमन्त्रीका रूपमा भने जानकी ऐर बमलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

कमेन्ट लोड गर्नुस