सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल

२०८३ साउन ३०, ०१:४९ रासस

काठमाडौँ: आगामी २०औँ एसियाली खेलकुदमा करातेको काता विधाबाट पनि नेपालले पदकको आशा गरेको छ। 

जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ।

नेपाल कराते महासङ्घका अनुसार महिला एकल कातामा सानुमाया थिङ तथा टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन्। काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा टोलीले तयारी गरिरहेको छ। 

नेपालले पहिलोपटक महिला टिम कातामा एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो। 

राष्ट्रिय खेलकुद परिषद्का अनुसार ‘मिसन २०२६’ अन्तर्गत एसियाली खेलकुदलाई लक्षित गरी लामो समयदेखि बन्द प्रशिक्षण सञ्चालन हुँदै आएको छ। परिषद् र नेपाल ओलम्पिक कमिटीले एसियाली खेलकुदका लागि नेपाली टोलीको अन्तिम तयारी र व्यवस्थापनमा सहकार्य गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस