स्वपाको कैलाली जिल्ला सह–सचिवमा मनीषा चौधरी मनोनीत
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिले मनीषा चौधरीलाई जिल्ला सह–सचिव पदमा मनोनीत गरेको छ।
रास्वपा कैलाली जिल्ला समितिको भर्चुअल बैठकको निर्णयअनुसार चौधरीलाई सह–सचिव पदमा मनोनीत गरिएको हो। जिल्ला सभापति कविन्द्र ठकुल्लाले चौधरीलाई मनोनयनको जानकारी दिँदै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन्।
पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै संगठन विस्तार, सुदृढीकरण तथा समाज रूपान्तरणको अभियानमा चौधरीको सक्रिय भूमिका र महत्वपूर्ण योगदान रहने विश्वास गरिएको पत्रमा उल्लेख छ।
नवनियुक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै पार्टी संगठनलाई थप सुदृढ, समावेशी र गतिशील बनाउन चौधरीको पूर्ण योगदान रहने अपेक्षा जिल्ला समितिले गरेको छ।
जिल्ला सभापति ठकुल्लाद्वारा चौधरीलाई पठाइएको मनोनयनसम्बन्धी पत्रमा जिल्ला समितिको निर्णयअनुसार उनलाई सह–सचिव पदमा मनोनीत गरिएको जानकारी दिइएको छ।