सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

२०८३ कार्तिक १३, ०३:३४ रासस

काठमाडौँ : नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक सहयोग गरेको छ ।

सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये सङ्घको तर्फबाट एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट १५ लाख २४ हजार ६०० प्राप्त भएको हो ।

यसअघि सङ्घले कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस