सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा

२०८३ भदौ १, ०३:२५ खबर संवाददाता

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

नेपाल र भारतबीच सन् १९५० देखि कायम रहेको एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठ आइतबार अपराह्न नेपाल आइपुगेका थिए। भ्रमणका क्रममा उहाँले नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस