सेती अस्पतालमा पैसा भेटियो,सम्बन्धित व्यक्तिले लग्न आग्रह
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको डायलायसिस कक्षबाहिर भेटिएको नगद रकम सम्बन्धित व्यक्तिलाई बुझाउन एक महिलाले आग्रह गरेकी छन् ।
गोदावरी नगरपालिका निवासी कल्पना साउदले अस्पतालको डायलायसिस कक्षबाहिर खसेको अवस्थामा ८ हजार ३ सय रुपैयाँ फेला पारेकी हुन् । रकम फेला परेपछि उनले सुरक्षित राख्दै सम्बन्धित व्यक्तिको खोजीका लागि सार्वजनिक रूपमा जानकारी गराएकी छन् ।
साउदले पैसा हराएका व्यक्तिलाई नआत्तिन आग्रह गर्दै आफ्नो रकम भएको पुष्टि हुने व्यक्तिले सम्पर्क गरी लैजान अनुरोध गरेकी छन् । उनले सम्बन्धित व्यक्तिले ९७४३५२७८०० नम्बरमा फोन गर्न सक्ने बताएकी छन् ।
भेटिएको रकम आफैंसँग राखेर सम्बन्धित व्यक्तिको खोजी गर्नुको सट्टा सार्वजनिक रूपमा जानकारी गराउँदै फिर्ता गर्ने पहल गरेकी साउदको कार्यलाई सामाजिक उत्तरदायित्व र जिम्मेवार नागरिकको उदाहरणका रूपमा लिन सकिन्छ ।
रकम हराएका व्यक्तिले आवश्यक प्रमाणसहित सम्पर्क गरी आफ्नो रकम फिर्ता लैजान सक्नेछन् ।