सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सशस्त्रबलका सुरक्षाकर्मी परिचालित

AI image
AI image
२०८३ भदौ १०, १२:५९ रासस

काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जना टोली नुवाकोट पठाइएको छ। घाइतेको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० शय्या र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रपक्ता शैलेन्द्र थापाले जानकारी दिए।
 
सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लटुन सुरक्षाकर्मी काठमाडौँस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। बाढीबाट रसुवामा पुगेको क्षतिसम्बन्धी विवरण अझै प्राप्त हुन नसकेको सशस्त्र प्रहीले जनाएको छ।
 
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन वेस आदमघाट र नं १७ गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस