सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवामा कार्यरत अछामका दुई व्यक्ति सम्पर्कविहीन

२०८३ भदौ ११, ०१:५७ खबर संवाददाता

धनगढीः रसुवा जिल्लामा कार्यरत अछामका दुई जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

अछामको चौरपाटी गाउँपालिका–३ पायलका २५ वर्षीय खकेन्द्र विक रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको र बुधवार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। उनको अवस्था हालसम्म अज्ञात रहेको छ।

यसैगरी, अछामको साँफेबगर नगरपालिका–६ का जग्येश्वर शर्मा पनि रसुवाबाट सम्पर्कविहीन भएका छन्। शर्मा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्लान्ट क्वारेन्टाइन कार्यालय, टिमुरे, रसुवामा कार्यरत रहेको जनाइएको छ।

रसुवामा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै केही व्यक्ति सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन दुवै जनाको खोजी तथा अवस्थाबारे जानकारी लिन परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस