सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशीको बाढीले बगाएर ल्याएको सेफ फोडेर पैसा चोरी गर्ने २९ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८३ भदौ १३, १२:२४ खबर संवाददाता

काठमाडौँः भोटेकोशीको बाढीले बगाएर धादिङको त्रिशूली नदी किनारमा ल्याएको सेफ फोडेर रकम चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा सेफ भेटिएको थियो। सेफ भेटिएपछि सम्बन्धित निकायलाई जानकारी गराउनुको सट्टा आफूखुसी फोरेर रकम चोरी गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। उनीहरूमाथि घटनाबारे थप अनुसन्धान तथा आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस