सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट इस्पास र खैरो हिरोइनसहित ३ जना पक्राउ

२०८३ भदौ १५, ०७:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट इस्पास र खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन ६ ग्राम ५७० मिलिग्रामसहित कैलालीको गोदावारी नगरपालिका–४ बस्ने २७ वर्षीय प्रभाष मल्ल र डोटीको जोरायल गाउँपालिका–१ बस्ने २६ वर्षीय बिक्रम पातली रहेका छन्।

यी दुबै जनालाई भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको से ६ प १५४९ नम्वरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

यसैगरी, भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाटै नियन्त्रित लागूऔषध इस्पास ४० ट्यावलेटसहित कैलालीको धनगढी उपमहानगरपालिका–१२ बस्ने २२ वर्षीय दिपकबहादुर चन्दलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त इस्पास फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस