सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षा निकायका प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिनुहुँदै प्रधानमन्त्री शाह

२०८३ भदौ १५, ०१:५१ रासस

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको सङ्कट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग  क्रमशः  छलफल गरिरहेका छन्। 

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका मामिलामा ‘ब्रिफिङ’ लिएका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए।

अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदै छन्।  यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ‘ब्रिफिङ’ लिनुहुने छ। 

कमेन्ट लोड गर्नुस