बाजुरामा पहिरोले गोठ पुरिँदा तीन गोरु म*रे, सात बाख्रा घाइते
बाजुरा: अविरल वर्षासँगै आएको पहिरोले बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–५ डोगडी मच्छेनेडीमा गोठ पुरिँदा पशुचाैपायामा क्षति पुगेकाे छ।
स्थानीय शान्त बुढाको गोठमा माथिबाट आएको पहिरो खस्दा तीन वटा गोरुको मृत्यु भएको छ भने सात वटा बाख्रा गम्भीर घाइते भएका छन्।
गोठको छानो तथा संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताएका छन्। लगातारको वर्षाका कारण माथिबाट आएको पहिरोले गोठ पुरिएपछि पशुचौपायामा क्षति पुगेको हो।
घटनाबाट बुढाको पशुधनमा ठूलो क्षति भएको बताइएको छ। पीडित परिवारले घटनाको क्षतिको यकिन विवरण संकलन गरी राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। वर्षाका कारण उक्त क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।