विज्ञान विषयकी शिक्षिका चन्द्रिका, सामाजिक सञ्जालमा सुदूरकाे सँस्कृति चिनाउँदै
बैतडी: सुदूरपश्चिमको पहिचान जोडिएका गरगहना र पोशाकमा झल्किएको अनुहार, अनि सुमधूर स्वरमा गाउछिन्, सगुना र फाग ।
सुदूरपश्चिमको विषेश एवं मौलिक पर्व गौरा पर्वमा गाइने फाग तथा सगुनाहरु निरन्तर गाइरहन्छिन् । कला सस्कृतिसँग गहिरो सम्बन्ध बनाएर सबैमाझ पुर्याउने काम नरिन्तर गरिरहेकी छन् दार्चुलाको लेकम गाउँपालिका–५ मैखोलीमा जन्मिएकी चन्द्रिका जोशी ।
सुदूरपश्चिमको महत्वसँग जोडिएको गौरा पर्वमा गाइने फाग तथा सगुनलाई, सामाजिक सञ्जाल मार्फत सबै दर्शक श्रोतासामु पुर्याइरहेकी छन् । सगुना र फाग भनेको सुदूरपश्चिममा धार्मिक तथा मांगलिक कार्यहरुमा गाईने परम्परागत लोकगितहरु हुन् । यसमा धार्मिक भावना र भगवानको स्तुती बढी हुने गरेको छ ।
सुदूरपश्चिममा नयाँ पुस्ताले सिक्न हिचकिचाउने तथा लाज मान्ने र पुराना पुस्ताले सिकाउने प्रयत्न नगर्दा सुदूरपश्चिमको मांगलिक अवसरमा गाइने सगुना र फागहरु लोपहुने अवस्थामा पुगेका छन् । उमेरले २४ पुगेकी जोशी विज्ञान संकायकी शिक्षिका हुन् । दार्चुलाको लेकममा जन्मिएकी चन्द्रिका अहिले रामेछापको पटनादेवि माविमा अध्यापन गराइरहेकी छन् ।
भौगोलिक रूपमा सुदूरपश्चिमबाट टाढा भएपनि सामाजिक सञ्जाल फेसबुकमा चन्द्रिका जोशी नामक फेसबुक आइडीबाट नियमित सास्कृतिक सगुना र फाग प्रस्तुत गरिरहेकी छन् । चन्द्रिकाले गौरा सुरु हुने दिन पञ्चमीदेखि विसर्जन गरिदासम्मका छुट्टाछुट्टै अंशहरु प्रस्तुत गर्ने गरेकी छन् ।
पछिल्लो समयमा युवा पुस्ताले सस्कृति विर्षदै गइरहेको महसुस भएपछि आफुले सामाजिक सञ्जालको माध्यमबाट सस्कृति बचाउने अभियान सञ्चालन गरिरहेको चन्द्रिका बताउछिन् । ”हजुरआमा र आमाबाट सुदूरपश्चिममा शुभकार्यमा गाइने सबै प्रकारका सगुन र फागहरु सिकेकी हु, तर पछिल्लो समयमा युवाहरुले सस्कृति विर्षदै गएको महसुस गरे, त्यसैले अभियान नै सञ्चालन गरेर सगुना र फागहरु सामाजिक सञ्जालमा नियमित प्रस्तुत गर्ने गरिरहेकी छु,“ चन्द्रिकाले भनिन् ।
सानै उमेरमा चन्द्रिकाले सगुना र फागहरु सिकेकी थिइन् । आफुमा सगुना तथा फागहरु सिक्ने बेग्र इच्छा रहेकाले आमा र हजुरआमाबाट सिकेको चन्द्रिका बताउछिन् ।
हजुरआमा स्व. कौसीला देवि जोशी शुभ कार्यमा गाइने फाग सगुनमा दखल हुनुहुन्थ्यो । चन्द्रिकाका अनुसार आमा अमतादेवि जोशीले पनि सगुन फाग लगायतका सास्कृतिक ज्ञान कौशिलादेवि जोशीबाट हासिल गर्नुभएको थियो । हजुरआमा र आमाबाटै चन्द्रिकाले सुदूरपश्चिमको मौलिक सस्कृतिसँग जोगिएका सगुना र फागहरु गाएर धेरैको मन जित्नु भएको छ ।
उसो त बुवा हरिदत्त जोशी पनि ज्योतिषाचार्य हुनुहुन्छ । उहाँबाट पनि सास्कृतिक विषयमा जानकारी हासिल गरेको जोशी सुनाउछिन् ।
करिब दुई महिनादेखि सामाजिक सञ्जलमा गौरा पर्वमा गाइने सगुन र भाग राख्दै आएकी चन्द्रिकाले त्यसपछि पञ्चमी तीज तथा विवाह प्रतबन्धमा गाइने सगुन तथा फागहरु राख्ने सोच मनाएको बताउछिन् । सुदूस्रपश्चिमको मांगलिक कार्यमा गाइने सगुना र फागहरु समेटेर पुस्तक नै लेख्ने तयारी गरेको जोशी बताउछिन् ।
युवा पुस्ताले जति धेरै नयाँ कुरा सिक्ने कुरामा चासो राख्ने गरेको र आफ्नो संस्कृतिसँग जोडिएको ज्ञानलाई विर्सन नहुनेमा जोशीको जोड छ । यसरी युवाहरुले सास्कृति जगेर्नामा लागेको देखेर अग्रजहरुले पनि प्रशंसा गर्ने गरेका छन् । नयाँ पुस्ताले सस्कृति सरक्षण गर्ने नेयाँ चेलीको उदयको रुपमा आफुले हेरेको सास्कृतिक अगुवा कलसा महराले बताइन् । ”सुदूरको संस्कृतिलाई फराकिला बनाउनमा योगदान दिने युवाको रुपमा चन्द्रिकालाई हेरेको छु, सम्मान छ उहाँलाई,“ महराले भनिन् ।