सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

२०८३ भदौ २६, ०७:५० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट बिहीबार राति प्रहरीले १ लाख १३ हजार ४५० रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, औषधि, सुर्ती लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट १ लाख ५९ हजार २५५ रुपैयाँ बराबरका पेय पदार्थ, सुटपिस, साडी, धोती, युरिया मल, प्लास्टिक झिल्ली, कस्मेटिक लगायतका सामान बरामद गरिएको छ। दुवै जिल्लामा बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस