कैलालीमा फरार रहेका प्रतिवादी पक्राउ
कैलाली: अपराधिक उपद्रव मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको मिति २०८२ भदौ १७ गतेको फैसलाअनुसार अपराधिक उपद्रव मुद्दामा १ वर्ष ५ महिना ९ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका जानकी गाउँपालिका–६, धर्मापुर निवासी २३ वर्षीय गणेश टमट्टा पक्राउ परेका हुन्।
फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले टमट्टालाई शुक्रबार दिउँसो निजकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका टमट्टालाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।