सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका अनेरास्ववियु नेता अयडीको हत्या प्रकरणः ६ जनालाई जन्म कैद, १८ जनाले सफाइ पाए (आदेशको पूर्णपाठसहित)

२०८३ असोज २, ०७:४० खबर संवाददाता

धनगढीः नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको छ।

घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदको सजाय हुने फैसला सुनाएको हो। फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज भन्ने खेम अयडी, जीवन अयडी र धनराज थापालाई जन्म कैद ठहर गरेको छ। उनीहरूलाई पीडित पक्षलाई जनही एक लाखका दरले क्षतिपूर्ति समेत दिन आदेश दिइएको छ।

प्रतिवादी पदमबहादुर अयडी, बिनोद अयडी, रूपा चौधरी अयडी लगायतका १८ जनालाई भने अभियोगबाट सफाई हुने ठहर गरिएको छ। अभियोग पुष्टि भएका ६ जनाको हकमा भने जिवित रहेसम्म कैद गर्नुपर्ने नेपाल सरकारको दाबी नपुग्ने अदालतले जनाएको छ। ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।

आदेशको पूर्णपाठ

 

कमेन्ट लोड गर्नुस