प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिया र मुख्यमन्त्री खगराज भट्टबीच भेटवार्ता भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार प्रदेश प्रमुखको निवासमा भएको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेट लेखन तथा तयारीबारे प्रदेश प्रमुख मियालाई जानकारी गराएका थिए।
मुख्यमन्त्री भट्टले छिट्टै बजेट ल्याएर प्रदेशमा देखिएको बजेट शून्यता अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराएका छन्।
भेटका क्रममा प्रदेशको समग्र विकास, सेवा प्रवाह तथा समसामयिक विषयमा समेत छलफल भएको सचिवालयले जनाएकाे छ।