सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८३ असोज ४, १०:२५ रासस

सर्लाही : मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।

सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक  मलङ्गवा नगरपालिका–४ का  ५९ वर्षका महेश महतो घाइते भएका छन् । निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस