सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका जयसिँह भण्डारीले गरे कपडा बैंकलाई सहयोग

२०८३ मंसिर २, ०२:०२ खबर संवाददाता

धनगढी  : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २४ थान कपडा सहयोग गरिएको छ ।  धनगढी–३ मित्र नगरका जयसिँह भण्डारीले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् ।
 

कमेन्ट लोड गर्नुस