सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

२०८३ असोज ६, ०१:२५ रासस

काठमाडौँ : जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरे  । 

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो । 
खेलको पहिलो हाफमा थाइल्यान्डसँग नेपाल २४–१५ ले पछि परेको थियो । 

त्यस्तै खेलको  दोस्रो हाफमा त्यसमा सुधार गर्दै नेपालले थाइल्यान्डमाथि ३१–१९ ले खेल आफनो पक्षमा पार्‍याे  ।

त्यससँगै नेपालले थाइल्यान्डमाथि समग्रमा ४६–४३ अङ्कले जित्न आफनो पक्षमा ल्याउन सफल भयो ।
एसियाली खेलकुदमा आशा गरिएको खेलबाट सोचेअनुसारको नतिजा नआइरहेका बेला महिला कबड्डीको उक्त जित भने नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।
अघिल्लो १९ औँ संस्करणको एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाए ।

जारी प्रतियोगितामा नेपाल बी समूहमा छ । नेपालको समुहमा थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन् । लिग चरणमा नेपालले अब श्रीलङ्का र चाइनिज ताइपेसँग खेल्नेछ । 
त्यस्तै समूह ए मा भने इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् । 
 

कमेन्ट लोड गर्नुस