कैलालीमा भन्सार छली ल्याइएका सामान बरामद
२०८३ असोज ८, ११:०४
धनगढीः कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सुर्ती, सिद्रा माछा, किरानालगायतका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य ६६ हजार १ सय ७० रुपैयाँ रहेको छ । आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाए ।
कमेन्ट लोड गर्नुस