सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनचाँदीको मूल्य

२०८३ असोज ८, ११:४८ रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

 
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको  थियो । 


 

कमेन्ट लोड गर्नुस