सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन दिनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात सेवा पुनः सञ्चालन

२०८३ असोज १२, ०९:१६ खबर संवाददाता

धनगढी: अविरल वर्षाका कारण तीन दिनदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएका छन्।

वर्षा रोकिएपछि स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएसँगै सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यतर्फ जान थालेका हुन्।

जिल्ला प्रशासन कार्यालय बैतडीले सोमबार बिहान ५ बजेदेखि नै सवारीसाधन सञ्चालनको अनुमति दिएको थियो। अन्य पहाडी जिल्लाका प्रशासन कार्यालयले पनि बिहानदेखि यातायात सेवा सञ्चालनमा ल्याएको जनाएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सोमबार बिहानदेखि सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन्।

यसअघि लगातारको वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि स्थानीय प्रशासनले सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

कमेन्ट लोड गर्नुस